• २०८३ भाद्र २४ गते बुधवार

बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

जिल्ला ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौँ । कैलालीको गौरीगङ्गा नगरपालिकाबाट १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र र वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको छ ।

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस