असार ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा काठमाडौं सह ईन्चार्ज, प्रतिनिधि सभा सांसद अन्जना विसङ्खेले आज खोकना कुष्टरोग आरोग्य केन्द्रमा अत्यावस्यक सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा न २ मा रहेको खोकना कुष्ठरोग आरोग्य केन्दमा रहेका १४० घर परिवारलाई सांसद विसङ्खेले चामल, नुन, तेल, दाल, सावुन, सेनिटाईजर, माक्स, पन्जा लगायतका सामाग्री संस्थाको ईन्चार्ज विष्णु श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

राणाकालिन समयमा बनेको कुष्ठरोगीहरुलाई राख्ने उक्त स्थानको भौतििक रुपमा धेरै कामहरु गर्नु पर्ने भएकाले सो कार्य गराउन पहल गर्ने उहाले बताउनु भयो । उहाँले उक्त स्थानमा रहेका कुष्ठरोग प्रभावितहरुको स्वास्थ्य बिमा गर्ने कार्यको सुरुवात गरिएको भएकाले केहीदिनमा नै उक्त कार्य सम्पन्न गरिसकिने बताउनु भयो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा न २ का वडा अध्यक्षले छिटै त्यहाको भौतिक श्रोतसाधन व्यवस्थित गर्ने बताउनु भयो । यस्तै केन्द्रकि ईन्चार्ज लक्ष्मी श्रेष्ठले त्यस केन्द्रका समस्याहरु राख्नु भएको थियो ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य संजय लामा, नेकपा जिल्ला कमिटी सदस्य केशरत्न बज्राचार्य, युवा संघ केन्द्रीय सदस्य शिवकुमार महर्जन, नेप्लिज ओमेन सोसाईटीका प्रतिनिधी सुरेन्द्र थापा, अहमदिया संघ नेपालका समिन अहमद र सजिल अहमद लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नेकपा दक्षिणकाली नगरकमिटी अध्यक्ष रामकृष्ण बस्नेतले संचालन गर्नु भएको थियो।
कार्यक्रम सामाजिक दुरी कायम गर्दै संचालन गरिएको थियो । उक्त सामान अहमदिया संघ नेपालले सहयोग गरेको हो ।
