• २०८३ बैशाख १५ गते मङ्गलवार

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्नु भको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीतर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट बिनियोजन गरिएको बताए । सो बजेटमा पूर्वाधार विकास कोषका लागि पनि प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड रुपैयाँ पनि बिनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ हेर्नुहोस्ः

आ.व. २०७७-७८ को बजेट वक्तव्य

Sharing

प्रतिक्रिया दिनुहोस