• २०८३ बैशाख १७ गते बिहिवार

खप्तड छेडेदह गाउपालिकाले खरिद गरेको आरडिटी किट र भिटिएम आज गाउपालिका पुग्ने

आरडिटी परिक्षणमा तिब्रता दिईने
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

असार १, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउपालिकाले खरिद गरेको आरडिटी किट र भिटिएम आज गाउपालिका पुग्ने भएको छ । गाउपालिकामा बसेको कार्यपालिकाको बैठकले निर्णय गरि गाउपालिकाले उक्त सामाग्री खरिद गर्ने निर्णय गरेको गाउपालिकाका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।

गाउपालिकाले खरिद गरेको ५०० सय आरडिटी किट र २०० सय भिटिएम सोमबार गाउपालिकामा आईपुग्ने खप्तड छेडेदह गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष खकेन्द्र बहादुर रावतले जानकारि दिनुभएको छ । वडा अध्यक्ष रावतका अनुसार उक्त वडामा अहिले सम्म ७० जनाको आरडिटी परिक्षण गरिएको बताउनुभयो । ७० जनाको आरडिटी परिक्षण गर्दा ५ जनामा कोरोनाको एन्टीबडी देखिएको छ । आरडिटी पोजेटिभ देखिएका ५ जनाको एक साता बितिसक्दा समेत उनिहरुको स्वाव संकलन भने भएको छैन । स्वाब संकलनको लागी भिटिएमको अभाव भएकाले उनिहरुको स्वाव संकलन नभएको अध्यक्ष रावतले बताउनुभयो ।

अहिले वडाको चार क्वारेन्टाईनमा ८७ जना रहेका छन् । सोमबार गाउपालिकाले खरिद गरेको आरडिटी किट गाउपालिकामा पुगेपछि भोलि मंगलबार देखी निरन्तर रुपमा आरडिटी परिक्षण गरिने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस