जेठ ३२, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको हो ।

बीबीसीका अनुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन । टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए ।