• २०८३ जेष्ठ ६ गते बुधवार

प्रदेश नं १ मा अहिले पनि ९५ सक्रिय सङ्क्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, विराटनगर । प्रदेश नं १ मा अहिले पनि ९५ जना कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित झापा र मोरङमा मात्र देखिएका छन् ।

सङ्क्रमित मोरङमा १० र झापामा एक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सात, रङ्गेली, धनपालथान र बेलबारीमा एक÷एक तथा झापाको शिवसताक्षीमा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित २० कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा छ महिला र १४ पुरुष रहको मन्त्रालयले जनाएको छ ।
–––

Sharing

प्रतिक्रिया दिनुहोस