• २०८३ जेष्ठ २७ गते बुधवार

अछाममा फौजी किराले मकै बाली नष्ट,किसान चिन्तित

प्रशान्त डि.सि. पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, अछाम । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका लगायत जिल्लाका धेरै ठाँउमा फौजी किराले मकै बाली नष्ट गरेको छ । किराले मकै बाली खाएपछी त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।

स्थानिय किसान झन्कर शाहीका अनुसार विगतमा पनि अछामका किसान गहुँ बाली आसिना पानीले नष्ट गरेपछि पीडित भएका थिए । उनले भने अहिले पनि मकै बाली पुरै किराले नष्ट गरेपछी हामी भोकै मर्ने स्थिती आउँछ । गहु र धान पछिको संसारको तेस्रो बाली महत्वपुर्ण खाद्यान्न बाली मानिन्छ । मकै तराई देखि उच्च पहाड सम्म खेति गरिन्छ । बिश्व भरि अहिले महामारी रूपमा कोरोना भाईरस चलिरहेको छ भने बाली नालीमा फौजी किराले सताइरहेको छ । यो किरा नेपालका अधिकांश जिल्लामा देखा परेको छ । किरा बिशेष गरि मकैमा बढी लाग्ने गरेको बताइको छ। नेपालका विभिन्न जिल्लामा देखिएको अमेरिकी फौजी किराको प्रकोपले किसानहरु पिडित भएका छन् ।

मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन् । स्थानिय सरकारले आफुहरुको समस्या नहेरेको उनिहरुले गुनासो गरेका छ्न। यसको रोकथामको लागि किसानहरुले सरकारले पहल गर्न माग समेत गरेका छ्न् ।

Sharing

प्रतिक्रिया दिनुहोस