• २०८३ जेष्ठ २६ गते मङ्गलवार

त्रिबेणी नगरपालिकामा ३२ जनामा आरडिटिी पोजेटिभ,

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकामा आज गरीएका आरडिटी परीक्षणमा ३२ जनामा कोरोनाको एन्टिबडी देखीएको छ । नगरपालिकामा आज गरीएका १६९ जनाको आरडिटी परीक्षण गर्दा ३२ जनामा पोजेटीभ देखिएको त्रिबेणी नगरपालिकाका नगर पबक्ता प्रेमबहादुर थापाले बताउनुभयो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढीरहँदा बाजुरामा समेत कोरानाका संक्रमित थपिदै गएको समयमा कोरोनाको आरडिटी परिक्षण तिब्र रुपमा बढाइएको प्रबक्ता थापाले बताउनुभएको छ । त्रिबेणी नगरपालिका एकमा रहेको त्रिपुरा सुन्दरी प्राबिको क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटी परीक्षण गर्दा ४ जनामा कोरोनाको एन्टिबडी देखिएको छ । त्यस्तै छतारा स्वास्थ्य चौकीको क्वारेन्टाईनमा रहेका ८ जनाको आरडिटी परीक्षण गर्दा ३ जनामा पोजेटीभ, मस्टेश्वरी माबिको क्वारेन्टाईनमा १११ जनाको आरडिटी परीक्षण गर्दा २४ जना, नाटेश्री आभु को क्वारेन्टाईनमा १२ जनाको आरडिटी परीक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ देखीएको हो । पुष्पलाल स्मृति प्राबिको क्वारेन्टइनमा ९ जनाको आरडिटी परीक्षण गर्दा कसैमा पनी कोरोनाको एन्टिबडी देखिएको छैन । अहिलेसम्म नगरपालिकामा आरडिटी परीक्षण गर्दा १६३ जनामा कोरोनाको एन्टिबडी देखीएको छ ।

आजै त्रिबेणी नगरपालिकाका नगर प्रमुख रासिंह रावल र उप प्रमुख राधिका सुनारले नगरपालिका भरीका क्वारेन्टाईनको अनुगमन गरेको त्रिबेणी नगरपालिकाका नगर प्रबक्ता प्रेमबहादुर थापाले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस