• २०८३ कार्तिक २२ गते शनिवार

स्थानीय तहलाई क्वारेन्टाइनको खर्च धान्न सकस

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, बाजुरा । बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । साेही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बढ्दाे छ ।

अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय गरेकाे छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाइनको खर्च धान्न सकस भैरहेको छ । पालिकामा दिनानुदिन देश तथा जिल्ला बाहीरबाट आउने क्रम नरोकिनुले स्थानीय तहलाई क्वारेन्टाईन ब्यवस्थापन, क्वारेन्टाईनको खाना खर्च धान्न समस्या भइरहेको छ । जिल्लाको हिमाली गाउपालिकामा प्रदेश सरकारबाट आएको क्वारेन्टाईन ब्यवस्थापनको लागी तिन लाख र आठ लाख पचास हजार अन्य खर्चको लागी पठाएको एघार लाख पचास हजार रकम सबै सकिएको गाउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभएको छ । अध्यक्ष मल्लका अनुसार प्रदेश सरकारबाट आएको एघार लाख पचास हजार र गापालिकाको ६४ लाख गरी ७५ लाख ५० हजार खर्च भईसकेको बताउनुभयो । पालिकामा अहिले संघ सरकारबाट रकम नआएको र प्रदेश सरकारबाट आएको रकमले खर्च धान्न नसकिने स्थिती आएको हो ।

गाउपालिकामा अहिले तिन सय जना देश तथा जिल्ला बाहिरबाट आएकालाई राखिएको बताउनुभयो । तिन सयमा ६३ जना भारतबाट आएका र २३७ जना देशकै बिभिन्न जिल्लाबाट गाउपालिकामा पुगेको गाउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले जानकारी दिनुभएको छ ।

https://khabar24nepal.com/2019/05/23/8076

https://khabar24nepal.com/2020/05/20/34229

Sharing

प्रतिक्रिया दिनुहोस