• २०८३ बैशाख २० गते आइतवार

मेयर शाह क्वारेन्टाइन मै पुगेपछि क्वारेन्टाइनमा बसेकाले भने आत्मबल बढ्यो रोग सँग लड्ने क्षमता पनि मिल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ २१, बाजुरा । बुढिगंगा नगरपालिकाका मेयर तथा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराका सचिब मेयर दिपक विक्रम शाहले नगरपालीकामा बनेको क्वारेन्टाइनमा पुगेर सबैलाई हौसला प्रदान गरेका छन । उनले आतिनु म बाट हुन सक्ने सबै सहयोग गर्दै तपाईहरुको सुरक्षाको लागि रातदिन खटिन तयार छु, यो महामारीको अहिले सम्म औषधि समेत पत्ता लागेको छैन त्यसैले हामिले आफै साबधानि अपनाउनु पर्ने हुदा सुरक्षित सँग बस्नु होस भनेपछि त्यहाँका स्थानीय क्वारेन्टाइनमा बसेकाले क्वारेन्टाइनमा बसेकोलाई कर्सले फरक नजरले नहेर्ने भनेपछि क्वारेन्टाइन मा बसेकालाई आत्मबल बढेको बताएका छन ।

उनले भारतबाट आउने को संख्या बढ्दै गए पछि बुढिगंगा नगरपालीका १ धुलालसैन माबि क्वारेनटाइन निमार्ण गरिएको हो । त्यही क्वारेनटाइन बसेकी २ बर्षिय वालिकाको कोरोनाको कारण मृत्यु भएको थियो भने सँगै आमा समेत संक्रमित देखिएपछि क्वारेनटाइनमा बस्ने सबै त्रसित भएका थिए ।

जिल्ला सँगै धुरालसैन क्वारेनटाइन त निकै त्रसित बन्यो । क्वारेनटाइनमा १ सय ८० जना बसिरहेका थिए । त्यहि क्वारेनटाइनमा बसेकी बालिका कोरोना बाट मृत्यु भएको खबर आएपछि सबै त्रसित भएको क्वारेनटाइनमा बसेका एकजनाले बताए । खबर सुन्ने बितिकै हामि त छाँगा बाट खसे झै भएको बताए ।
आइतबार देखि त्रसित बनेको क्वारेनटाइन नै सिल समेत भयो । सिल भए पछि मनमा सबैमा त्रास बढदै गयो ।

क्वारेनटाइनमा एकाएक नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह पुगेर टाढाबाट नै क्वारेनटाइनमा बसेकालाई त्रसित बाताबरणमा शान्तना दिने काम गरे । शाहले सबैलाई सुरक्षित बस्न र सामाजिक दुरि कायम गर्न आग्रह मात्र गरेनन, नगरपालिका तपाइहरुको साथमा छ चिन्ता नलिनु भने । क्वारेनटाइनमा बस्दा कुनै समस्या हुन नदिने समेत बताएको क्वारेनटाइनमा बसिरहेकाले वताएका छन् ।

हामी निकै त्रसित रहेका थियौ, हामिहरुको स्वाब संकलन गर्न आएको टोलि सँगै नगरप्रमुख आएपछि निकै शान्तना भएको धिर बहादुर परिले वताएका छन् । नगरप्रमुखले कोरोना बाट त्रसित नहुन, हामी तपाइको साथमा छौ र अन्य व्यबस्थापनमा कुनै कमजोरी हुन नदिने बताएका थिए । नगरप्रमुख आउदा धेरै साहस बढ्यो, अभिभाबक आए जस्तै लागेको धिरले बताएका छन् ।

नगरप्रमुख शाहले धुरालसैन क्वारेनटाइनमा बस्ने वालिकाको मृत्यु र आमा संक्रमति भएपछि क्वारेनटाइनमा पुगेर अनुगमन गरेको बताए । नगरपालिका अन्य क्वारेनटाइनमा पुगेर ब्यबस्थापनमा जोड दिइरहेको नगरप्रमुख शाहले वताए । धुरालसैन क्वारेनटाइनमा बसेका १ सय ८० जना र स्वास्थ्यकर्मी सुरक्षकर्मी गरि १ सय ८३ जनाको सोमवार स्वाब संकलन गरिएको नगरपालिकाले बताएको छ ।

बालिकाको अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा बालिका, आमा र बुवा गरि ३ जना जेठ १५ गते साझँ राखिएको थियो । मृतक बालिका कि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । मृतक वालिकाका आमा र बुवा जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस