जेठ १८, कैलाली । नेपाल दलित बिद्यार्थी संघ घोडाघोडी नगरपालिका ले पश्चिम रुकुमको चौरजहारीमा भएको नवराज विकको हत्या प्रकरण घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने भन्दै विज्ञप्ति निकालेको छ ।

संघका अध्यक्ष प्रेम जैगडी द्वारा हस्ताक्षरीत विज्ञप्तिमा नेपालको संविधान २०७२ लाई ठाडै चुनौति दिदै पश्चिम रुकुम भेरि नगरपालिका वडा न ४ राना गाउँ निवासी नवराज बिक र उसका साथीहरूलाई गाउँलेहरुले गरेको सांघातिक आक्रमणबाट नवराज वि।क,गणेश बुढा, टिका राम सुनार, लगायतका ५ जना व्यक्तिहरुको मृत्यु भएको र केही व्यक्तिहरु घाइते तथा वेपत्ता भएको घटना असहनिय घटना रहेको बताइएको छ।
नवराज बिक र सुष्मा बिच लामो समय प्रेम सम्बन्ध लाई बैवाहिक रुपमा परिणत गर्नेको लागि प्रेमिका आगर्ह अनुसार लिन जादा वडाध्यक्ष डम्मर मल्ल लगायत गाउले गरेको सांघातिक आक्रमण प्रति संघको गम्भिर ध्यानाकर्षण भएको र घोर भत्र्सना गर्दछ भनिएको छ ।
विज्ञप्तिमा २१ औँ शताब्दीमा उन्नत र बैज्ञानिक समाजमा समेत दलित समुदाय माथि गरिएको यस किसिमको अमानवीय जातिय विभेदको रहेको छ ।नेपालको संबिधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्नलाई हदै सम्मको कारबाही गरी पिडितलाई न्याय, क्षतिपुर्ति र सामाजिक सुरक्षाको व्यवस्था गर्न, घाइतेको उपचार र वेपत्ता भएकाहरुको तत्काल खोजी गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ भनिएको छ ।
