जेठ १८, बैलाली । दरख सुखड खानेपानी संस्थानले शनिबार अन्डरग्राउण्ड खानेपानी ट्याङ्की निर्माण कार्यको शिलान्यास गरेको छ । कैलाली जिल्ला समन्वय समिति मार्फत चालीस लाख सहयोग अनुदान, घोडाघोडी नगरपालिकाको छब्बिस लाख लागत सहभागिता तथा खानेपानी संस्थानको पाच लाख नब्बेहजार तिन सय बिस रुपैया आन्तरिक बजेट गरी करिब बहत्तर लाखको लागतमा उक्त खानेपानी ट्याङ्की निर्माण हुन लागेको हो ।

करिब तिन हजार उपभोक्ता रहेको खानेपानी संस्थाले हाल उपलब्ध गराउदै आएको खानेपानीमा निकट भविष्यमा समस्या हुन सक्ने, उपभोक्तको बढ्दो चाप तथा बढदो खानेपानीको आवश्कतालाइ मध्यनजर गर्दै नया ट्याङ्की निर्माण गर्न लागिएको खानेपानी संस्थानका अध्यक्ष निरज मल्ले बताए । संस्थाले बढ्दो उपभोक्तको चापलाइ ध्यानमा राख्दै खानेपानी विस्तारलाइ प्रभावकारी बनाउने उदेश्यले असार मसान्त सम्म निर्माण कार्य सक्ने गरि निर्माण कार्य अगाढी बढाएको छ ।
करिब ५ लाख लिटर क्षमताको अन्डरग्राउन्ड खानेपानी ट्याङ्की निर्माण कार्य यदि बजारमा निर्माण समाग्री अभाव नभएको खण्डमा निर्धारीत समय अवधिमै सम्पन्न हुने निर्माण व्यवसायी तथा मिलन कन्ट्रक्सन काय संचालक मिलन सुनारले बताए । यस अघिनै खानेपानी संस्थाको सोहि क्षमता बराबरको अन्डरग्राउण्ड खानेपानी ट्याङ्की मंगलबार देखि सांसद विकास कोषको ५५ लाख सहयोगमा साडेपानीमा निर्माण कार्य सुरु भैसकेको खानेपानी संस्थानले जानकारी गराएको छ ।
खानेपानी संस्थाको घोडाघोडी नगरपालिका वडा–१, सुखड र वडा–२, साडेपानीमा गरी दुइ/दुइ लाख लिटर क्षेमता गरि चार लाख लिटर क्षेमता भएका पानी ट्याङ्की रहेकोमा हाल सुचारु भएका करिब ५ लाख लिटर क्षमता भएका दुइ पानी ट्याङ्की निर्माण सम्पन्न भएमा खानेपानी संस्था संग करिब १४ लाख लिटर क्षमता रहने हुदा निकट भविष्यमा आफना उपभोक्ताहरुलाइ चौबिसै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफुहरु कटि बद्ध रहेको खानेपानी संस्थानका सचिव टेक राज आर्चायले बताए
त्यस्तै, दरख सुखड खानेपानी संस्थाले वितरण गर्दै आइरहेको खानेपानीमा देखिएको समस्या अझै केहि दिन यथावत रहने खानेपानी संस्थानले जानकारी गराएको छ । हाल संस्थानको सुखडमा रहेको वोरिङग मात्र प्रयोग हुदै आएकोमा अहिले उक्त वोरिङगमा समेत समस्या देखिएको हुनाले समस्या उत्पन्न भएको खानेपानी संस्थाले बताएको छ ।
वोरिङगको पानीलाइ शुद्धिकरण गर्न प्रयोग गरिने उपकरण भित्र प्रयोग हुने मिडिया मा केहि समस्या उत्पन्न भएको हुदा र तत्काल आफुहरुले चाहेर मात्र उपलब्ध हुने विषय नभएकाले खानेपानीलाइ नियमित गर्न अझै केहि दिन लाग्ने दरख सुखड खानेपानी संस्थाका अध्यक्ष निरज मल्लले बताएका छन । बैशाख, जेष्ठ र असार गर्मीको समय भएकाले पनि जमिन मुनी पानीको स्रोत समेत घट्ने, बाटो निर्माण भैरहेका ठाउहरुमा जताततै पाइलाइन फुटेकाले पनि खानेपानी नियमित आपूर्ती गराउनमा समेत संस्थालाइ समस्या सृर्जना भैरहेको खानेपानी संस्थानले बताएको हो ।
तर वितरण गरिएको खानेपानीलाइ पछिल्लो समयमा उपोभोक्ताहरुले खेतबारीमा समेत प्रयोग गर्ने गरेको अधिकास ठाउमा पाइएको हुदा समेत यस्ता कार्यले पनि खानेपानी समस्या उत्पन्न हुने भएकाले अतिआवश्क भन्दा बाहेक का कामहरुमा खानेपानी प्रयोग नगरिदिन समेत खानेपानी संस्थाले सम्र्पूण उपभोक्ताहरुमा अनुरोध समेत गरेको छ ।