• २०८३ मङ्सिर १ गते सोमवार

कोरोना संक्रमित संख्या १०४२, आजै मात्र १५६ जना थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालका ५१ जिल्लमा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश १ का ८ जिल्लामा १२९ जना, प्रदेश २ मा ८ जिल्लामा ४ सय १५ जना, बागमती प्रदेशका १२ जिल्लामा ४४ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १७ जना, प्रदेश ५ का ९ जिल्लामा ३ सय ६९ जना, कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना र सुदुर पश्चिम प्रदेशका ७ जिल्लामा २१ जना संक्रमित रहेका छन् ।

बिहीबार मात्र १५६ जना थपिएका छन्। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस