• २०८३ जेष्ठ २९ गते शुक्रवार

बुबाको हत्या आरोपमा २ छोरा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । रक्सि खाएर बुबालाई मारेको आरोपमा प्रहरीले दुई जनालाई कीर्तिपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर–६ पाण्डेछाप बस्ने माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा बर्ष ४० को कृष्ण महर्जन रहेका छन् ।

बुबालाई प्रेसर कुकर र लोहोरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरुलाई दशीका सामानसहित नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१२ को ‘ज्यान सम्बन्धी कसूरमा कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस