जेठ १४, बाजुरा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाजुराले कर्णाली प्रदेशका रुकुम पुर्वमा जाजरकोटका नवराज वि.क.सहित तीन जनाको विभत्स हत्या सहित दर्जनौ व्यक्ति बेपत्ता भएको विरोधमा दोषीलाई कारबाही गर्न माग गरेको छ । नेपाल बिद्यार्थी संघ बाजुराले जिल्लाको बुढीगंगा नगरपालिकाका युवक कमल उखेडाको मार्तडीमा हत्यापछि झुण्ड्याएको अवस्थामा शव भेटिएकाले उक्त घटनाको सत्य तथ्य छानविन गरी कारबाही गर्न माग गर्दै आज जिल्ला सदरमुकाम मार्तडीमा प्रदर्शन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी सरकारकै आडमा दिनहँु यस्ता अमानवीय घटना घटेको भन्दै नेबिसंघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाले नेपालको संबिधान २०७२ ले नै जातिय विभेद अन्त्य गरेको र उक्त घटना मानवअधिकारको बिरुद्द भएको बताउनुभएको छ । नेबिसंघ जहिले पनि कानुनी राज्यको पक्षमा रहेको भन्दै जिल्लामा दलित भएकै कारण कसैले ज्यान नै मार्छ भने आफू शिरमा कालो पट्टि बाधेर सडकमा उत्रिने कार्यवाहक अध्यक्ष थापाले बताउनुभएको छ ।

कम्युनिष्टहरुले दलितको मतकै कारण सत्तामा पुगेको र उनीहरुलाई नै अहिले लुकाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । थापाले निर्मला बलात्कार हत्या काण्डका दोषी समेतको सत्यतथ्य छानबिन गरि दोषी उपर कार्वाही गर्न माग गरेका छन् । प्रदर्शन कार्यक्रममा नेबिसंघका कार्यवाहक अध्यक्ष थापाले नेविसंघ अन्यायका विरुद्ध र निमुखाको न्यायका लागि निरन्तर अन्यायको बिरुद्द लड्ने बताउनुभयो । नेबिसंघले लकडाउनको समयमा पनि सामाजिक दुरि कायम गरि सभ्य रुपमा विरोध प्रदर्शन गरेका थिए । कार्यवाहक अध्यक्ष थापाको सयोजकत्वमा नेविसंघ नेता भरत बुढा, योगेन्द्र रावल, दिपक रोकाया, खडक बडुवाल , गोरख थापा लगायतको सहभागी थियो ।