• २०८३ कार्तिक २२ गते शनिवार

बाजुरामा बाहिबाट भित्रिनेको संख्या बड्दै आज मात्रै २७४ जना जिल्ला भित्रिए

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, बाजुरा । काम तथा पढाइको सिलशिलामा भारत र जिल्ला बारि रहेका बाजुराका २७४ जना आज जिल्लामा भित्रिएका छन् । रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका, नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीक हरु जिल्ला आउने क्रम बढी रहेको छ । जिल्ला आउने क्रम बढेसंगै बाजुराका स्थानीयमा त्रास पनी फैलिदै गएको छ दिनानु दिन सयौंको संख्यामा जिल्ला भित्रिन थालेपछी यहाँका स्थानीहरुमा त्रास छाएको हो ।

मंगलबार मात्र बाजुरा जिल्लामा नौं वटा पालिका गरी २७४ जना जिल्ला भित्रीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताउनुभएको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण बड्दै गईरहेको समयमा नेपाल सरकारले आफ्ना नागरीकको उद्दारको अनुमती दिएपछि आज जिल्लाका ९ पालिका गरी २७४ जना बाजुरा भित्रिएको प्रबक्ता रोकायाले जानकारी दिनुभएको छ । आज बाजुरा आएका मध्य १३७ जना भारत बाट आएका र १३७ जना नेपालकै बिभिन्न सहरबाट आएका छन् ।

भारतबाट आएकालाई अनिवार्य क्वारेन्टाइमा बस्ने र नेपालकै बिभिन्न सहरबाट बाजुरा भित्रिएकालाई अनिवार्य होम क्वारेन्टाइमा बस्ने गरी आफै आफ्नो पालिकामा पठाइएको प्रबक्ता रोकायाले जानकारी दिनुभएको छ । आजै ६ जना मुगुका समेत बाजुरा हुदैं आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस