जेष्ठ ११, रुपन्देही । पौडी खेल्ने क्रममा पोखरीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ । गैडहवा गाउँपालिका १ साडी बस्ने कृष्ण लाल रैदासकी छोरी १२ वर्षीया राधिका रैदास र नन्दलाल रैदासकी छोरी ६ वर्षीया सुमन रैदासको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर मृत्यु भएको हो ।
घरदेखि करिब २ सय मिटर टाढा रहेको सार्वजनिक माछा पाल्ने पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ ।