• २०८३ जेष्ठ २८ गते बिहिवार

वर्तमान अवस्थामा सरकारले ध्यान दिनुपर्ने कुराहरु 

खिम राज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

विस्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहेन । छिमेकी देस भारतमा यसको संक्रमण झन फैलिदै गइ खुला सीमाना भएको कारणले नेपाल भारतको सीमानामा मानिसहरुको आवत जावतमा नियन्त्रण गर्न कठीनाइ भइरहेको छ ।

कोरोना आतंकसँगै यस सम्बेदनशिल राष्ट्रिय मामलामा सबै देशी विदेशी प्रतिकृयाबादी शक्तिहरुले राजनीतिक अस्थिरतातिर मुलुकलाइ लग्ने कोसिस गरेपनि हामी सबै एक हुनु जरुरी

सरकारलगायत विभिन्न सरोकारवालाहरु उक्त भाइरस नियन्त्रण गर्न र संक्रमित ब्यक्तिहरुलाइ उपचार गर्न सक्दो लागि पर्दै गर्दा देश अहिले छिमेकी मुलुकसँग अतिक्रमित नेपालको भुमी विवाद र लिम्पियाधुरासहित हालसालै जारी गरेको नयाँ नक्साबारे विवादमा तानिएको भएपनि देश बिदेशमा रहेका नेपालीहरुमा त खुसिको लहर छाएकै छ तर भारत र भारतीय मिडियाको लागि भने टाउको दुखाइको विषय बनेको छ । अहिले कोरोना आतंकसँगै यस सम्बेदनशिल राष्ट्रिय मामलामा सबै देशी विदेशी प्रतिकृयाबादी शक्तिहरुले राजनीतिक अस्थिरतातिर मुलुकलाइ लग्ने कोसिस गरेपनि हामी सबै एक हुनु जरुरी छ । हामीहरुको काँधमा अहिले धेरै कुराहरुसँग लड्नुपर्ने जिम्मेवारी आइपरेको छ । त्यसैले सरकारले निम्न कुराहरुमा ध्यान दिन जरुरी देखिन्छ ।

१. कोरोना बिरुद्दको ब्यबस्थापनमा सुबिधा र मापदन्ड अनुसारको क्वारेन्टाइन बृद्दी गर्न ढिला नगर्ने ।
२. स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरु जुटाइ आर डि टि र पि सि आर टेस्टको दाएरा जतिसक्दो चाँडो बढाउने र सुबिधाजनक अस्पत्ताल निर्माण गर्न हरेक प्रदेसले तत्परता देखाउने , किनकी रोग तेश्रो चरणमा प्रबेश गर्ने सम्भावना बढ्दो छ ।
३. जतिसक्दो चाँडो बिदेसमा रहेका नेपालीलाइ घर फिर्ताको अभियान चलाउने किनकी अहिले बिदेसमा रहेका नेपालीहरुले कष्टकर जीवन जिउन बाध्य छन र नेपाल चाँडै फर्कन पाउने आशामा दिन बिताइरहेका छन ।
४. दिन रात नभनी मेडिकल फिल्डमा खटिने कर्मचारीहरु त सबैको मन मनमा बसेका छन तर सामान ढुवानी तथा बितरण प्रणालीमा भएको अनियमितता भन्ने बजार हल्लाबारे सरकारले यथार्थरुपमा निगरानी राखी नियमन निकायलाइ सजग गराओस ।
५. लम्बिदै गैरहेको लक डाउनबाट अब डेरा गरेर बस्नेहरु त यसै मारमा पर्ने नै भए भए, घरबेटीसमेत मर्कामा पर्ने निस्चित भएकोले यस बिषयमा गम्भिररुपमा सोची वास्तविक मर्कामा परेकाहरुको पहिचान लिइ राहत प्याकेज बितरण गर्ने कुरामा ध्यान दिनु जरुरी छ ।
६. तराइलगाएत काठमान्डु उपत्यकामा लुकिछिपी भारतबाट आउनेको संख्या दिनानुदिन बढदै गैरहेकोले सीमा नाकामा कडाइ गर्नुपर्ने देखिन्छ , आबश्यक परे कर्फ्यु लगाउन पनि पछि पर्नु हुँदैन किनकी स्थिती झन भयावह हुँदैछ ।
७. सरकारलाइ बजेटको चटारो यहि समयमा र उता भर्खरै जारी भएको नेपालको नँया नक्साबारेमा भारतीय मिडिया र उसको वक्तब्यले स्थिति सहज हुने देखिदैन त्यसैले हाम्रो गुमेको जमिन फिर्ता गर्ने सरकारी कदमलाइ सबै नेपालीको साथ रहेकोले यस सम्बन्धमा विभिन्न भुगोलबिद, बिद्दानहरुको साथ लिइ अविलम्ब हाइ लेबलमा कुट्नीतिक वार्ताको पहल गरी नक्साको बैधानिक बाटो खुले पनि वास्तविक जमिन आफ्नो कब्जामा लिइ भारतीय सेना त्यहाँबाट हटाउने प्रकृयामा ढिलाइ गर्नु हुदैन।
८. अहिलेको बजेटको नीति तथा कार्यक्रममा स्वास्थ्य , कृषि क्षेत्र, शिक्षा र रोजगारीलाइ प्राथमिकतामा राखिएकोले देस भित्रका र बिदेसबाट आएका युवाहरुलाइ कृषि तथा पशुपालन क्षेत्रमा प्रोत्साहन गरेर कृषिलाइ यान्तृकीकरण गरि उत्पादन बढाउने, उत्पादीत सामानको सहजरुपमा बजारीकरणको जिम्मा सरकारले लिने, यसको साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष गरि क्युवाको जस्तो सर्बसाधारण ब्यक्तिले पनि सहजरुपमा मेडिकल शिक्षा हाँसिल गर्ने पहुच राख्न सक्ने वातावरणको सृजना गर्ने ।

यसरी सरकारले यो-त्यो, आफ्नो-अर्को नभनि हरेक क्षेत्रमा निश्पक्ष पहुच सबैको पुग्ने गरि देसका वरिश्ठ बिद्दानहरुलाइ देस हाक्ने मामलामा सहभागी गराई पार्टीको आन्तरिक मामलालाई गौण सम्झी रास्ट्र र जनताको हितको लागि माथि उल्लेखित कार्यहरु सुचारु गर्न सक्यो भने जनताको आँखामा यो सरकार कहिलै कसिङर बन्नेछैन ।

Sharing

प्रतिक्रिया दिनुहोस