• २०८३ बैशाख ११ गते शुक्रवार

अंशबण्डाको विषयमा खुकुरी हानाहान हुँदा दाइको मृत्यु, भाइ र भतिज प्रहरी हिरासतमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं ।  ओखलढुंगामा अंशबण्डाको विषयमा खुकुरी हानाहान हुँदा एक वृद्धको मृत्यु भएको छ ।

खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङकाे मृत्युपछि प्रहरीले २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माइला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

जग्गा अंशबण्डाको बिषयमा उनीहरूबीच विवाद भएको थियो । विवादका बीच शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

शेरबहादुर र वीरबहादुरलाई खुकुरी तथा दाउ सहित प्रहरीले पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस