जेठ २, नवलपरासी । नेपाली कांग्रेस पश्चिम नवलपरासी जिल्ला सदसयमा आठ जना मनोनित गरिएको छ । नेपाली काङ्ग्रेसको बिधान २०१७ (संसाेधित सहित) काे दफा १२ काे उपदफा (५) काे ख २ अनुसार पाटिकाे संगठन सुदृढीकरण एवं बिस्तारमा जिल्ला सदस्यहरु मनोनित गरेको हो ।
रिक्त रहेको पदमा ८ जनालाई जिल्ला सदस्य पदमा मनोनित गरेको हो । मनोनित हुनेहरुमा माेहन प्रसाद शर्मा, कृष्णप्रसाद ढुङ्गाना, राजकुमार शर्मा, माधव प्रसाद चापागाईं, प्रेम बहादुर कामु, लक्ष्मी नरायण पटनवार, निल बहादुर गुरुङ, राजेश यादव रहेका छन ।
जिल्ला सभापति बिष्णु प्रसाद पाैडेलले नेपाली कांग्रेसको विधान अनुसार जिल्लासदस्य विस्तार गरिएको जानकारी दिनुभएको हाे। सभापति पाैडेलले जिल्लाभरी पार्टीको संगठनलाई मजबुत बनाएर लैजाने बताए। जिल्लामा पार्टीलाई एकढिक्का बनाएर लैजाने र भातृसंस्थाहरूलाई पनि गतिशीलता प्रदान गर्ने सभापति पाैडेलकाे दाबी रहेको छ।
