प्रधानमन्त्री ओलीले मुलुक र जनताको लागि खेलेको भूमिका अन्य एसियाका नेता भन्दा उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त अवार्डको समेत घोषणा गरिएको हो । विगतमा पार्टी जीवन तथा सरकारमा खेलेको भूमिकाका कारण नेपाल अविकसितबाट विकासन्मुख देशको रुपमा आफ्नो यात्रा तयार गरेको छ । अघिल्लो पटक प्रधानमन्त्री भएको समयमा संविधान जारी भएसँगै छिमेकी मुलुक भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको कडा रुपमा प्रतिवाद गरी आफ्नो चट्टानी अडानलाई विजयको यात्रामा डोर्याउनुभएको थियो ।
वतृमान समयमा समेत देशका अल्पकालीन तथा दिर्घकालीन योजनाहरुलाई तिव्र गतिका साथ अघि बढाइरहनुभएका प्रधानमन्त्री ओलीको मुुलुक प्रतिको दुरदर्शितालाई आम नेपाली जनताले मात्र नभई एसियाका अन्य मुलकुले समेत विशेष नजर रोखेको पाइएको छ ।
तत्कालिन नेकपा एमालेहुँदै वर्तमान समयमा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनाउन सफल हुनुभएका प्रधानमन्त्री ओलीको भिजन र दुरदर्शिताकै कारण नेपालमा प्रतिपक्षी दल समेत आवाज विहिन हुन पुगेको छ ।