चैत १६ मुगु । पछिल्लो समय साविकका कर्णालीका मुगु सहित जुम्ला , कालिकोट गरि ३ जिल्लाले कुपोषण सम्बन्धि सेवा पाई रहेका छन् । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यि जिल्लामा कुपोषण सम्बन्धि यहाका स्थानीय बासि लाई सेवा दिई रहेको हो ।
कर्णालीका जिल्लामा कुपोषणको दर बढ्दै गएकाले र कुपोषणको दर घटाउनको लागि प्रतिष्ठानले यो कदम चालेको जनाईएको छ । विशेष गरेर कर्णालीका बालवालिका कुपोषणले बढि च्याप्ने हुदा र यहाका बालवालिका कुपोषण बाट टाढा रहोस चनि यो अभियान जारी रहेको जनाईएको छ । प्रतिष्ठानले जुम्ला , कालिकोट , हुदै मुगु सम्म यो सेवा प्रदान गरिरहेको छ । यि जिल्लामा सेवा प्रदान गर्दे मुगुको छायानाथ रारा नगरपालिका वडा नं ७ पिनामा पनि पोषण मापन घुम्ति शिविर सञ्चालन गरेको छ । प्रतिष्ठानको आयोजना र नगरपालिकाको वडा नं ६ , ७ र ८ नम्वरको वडाको समन्यमा यो शिविर सञ्चालन गरिएको छ ।

घुम्ति शिवीरमा यहाका कुपोषण बालवालिकाले सेवा प्राप्त गरेका छन् । अन्य जिल्ला भन्दा मुगु जिल्ला आर्थिक भौतिक सामाजिक र शिक्षाले पछि परेको यस जिल्ला लाई कुपोषण दर केही घटोस भनि यो शिविर सञ्चालन गरिएको टोली संयोजक प्राध्यापक डा. कमल बहादुर शर्माले बताए । उनका अनुसार मुगुमा ५६ र यि मध्ये ३ जना मध्यम खालको कुपोषित फेला परेको त्यस्तै कालिकोटमा ९६ र जुम्लामा ३०९ जना कुपोषण बालवालिका फेला परेको उनको भनाई रहेको छ । त्यस्तै कालिकोटमा ७ जना कडा र १६ जना मध्यम खालका कुपोषण बालवालिका रहेको पनि जानकारी गराए ।

कुपोषित भएका बालवालिका लाई ग्रामिण क्षेत्रमा उत्पादन हुने रैथाने बालि कोदो , जौ , भटमास , लगायत अन्य अर्गानिक बस्तु लाई प्रयोग गर्न प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा. कमल प्रसाद थानीले सुझाव दिएका छन् । यस रैथाने बालि लाई प्रयोग गरे यहाका बालवालिका कुपोषण दर घट्ने उनको अनुभव रहेको छ ।
प्रतिष्ठानमा पोषण पुन: स्थापना गृह सञ्चालन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याएको छ । कर्णालीमा जति पनि कुपोषित बालबालिका रहेका छन उनीहरुको पोषणमा सुधार ल्याउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याएको पोषण मापन शिविरमा खटिएका स्वास्थ्कर्मी हरिचन्द्र रावलते बताए । उनले भने कुपोषण भएका बालवालिका लाई घरमा राख्नु हुदैन घरमा राखे झन च्याप्न सक्छ त्यसै अनुरुप पोषण पुनस्पथपनामा राखे केही घट्ने बताए ।

प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुनस्थार्पना गृह सञ्चलानमा ल्याएर निशुल्क सेवा गर्दै आएको छ। गृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ। उनीहरूलाई २० दिनसम्म राखिएको बताए ।


