• २०८३ बैशाख १० गते बिहिवार

लकडाउनमा पनि सडक सुधार धमाधम, मन्त्रीले नै गरे फिल्डबाट लाईभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
बैशाख ११, काठमाडौं । लकडाउनका कारण रोकिएको सडक पिच र ढलानको काम सुरु भएको छ । बिहीबार काठमाडौंको बालाजु बाईपास क्षेत्रमा सडक सुधारको काम थालिएको हो ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण रोकिएका विकास आयोजना सुरु गरिएको जानकारी दिए । मन्त्री मानन्धरले सामाजिक दुरी कायम गर्दै विकासको काम थालिएको बताउँदै लकडाउन पछि उपत्यकाका सडकको मुहार परिवर्तन हुने बताए । जनताको जीवन रक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले सडक सुधारको कामलाई निरन्तरता दिइएको बताए । गत चैत्र १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाहरुको काम स्थानिय प्रसाशनको अनुमतिमा थालनि भएको मन्त्री मानन्धरले बताए ।
विकासका कामका लागि कतै पनि बाधा अड्काउ नहुने बताउँदै मन्त्री मानन्धरले सामाजिक दुरी सहित काम थालनी गर्न पनि आग्रह गरेका छन् । आफैं फिल्डमा पुगेर फेसबुक लाईभमार्फत् विकासको गतिविधि प्रत्यक्ष प्रशारण गर्दै मन्त्री मानन्धरले लकडाउनको समयमा समयको सदुपयोग र व्यवस्थापन सहित काम थालनी गरिएको जानकारी गराएका छन् । उनले लाईभ मार्फत् विकासका काममा समस्या भए तत्काल आफुलाई खबर गर्न आग्रह गर्दै आवश्यक सहजिकरण गरिदिने बताएका छन् ।
बेरोजगार भएर बसेका मजदुरहरुले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भिडभाड नहुनेगरि काम थालनी गरिएको मन्त्री मानन्धरको भनाई छ । यस अघिनै काम सुरु भएर लकडाउनका कारण रोकिएका स्थानमा काम थालनि गरिएको जानकारी दिंदै मुल सडकमा हुने काम भने केही दिनभित्रै सहजिकरण गरिने मन्त्री मानन्धरले जानकारी दिए ।
कुनै स्थानमा सडक ढलानको काम रोकिएको पाईए आफुले सहजिकरण गरिदिने जानकारी दिंदै सहजताका लागि आफु तयार भएको बताएका छन् । मन्त्री मानन्धर आफै फिल्डमा पुगेर लाईभ गरेको भिडियोमा अधिकांस सर्वसाधारणले काम सुरु भएकोमा धन्यवाद दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस