बैशाख ८, नुवाकोट । नुवाकोट प्रहरीले जंगली जनावर मृग मारेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । बैशाख ५ गते बेलुका उनिहरुले मृग समाती अधिकारी टोलमा काटि खाएक थिए ।

नुवाकोट पञ्चकन्या गा.पा वडा नं. ५ बस्ने राज कुमार अधिकारी समेतको मानिसले बा.८७ प ६६८४ नम्बरको मोटरसाइकलमा जंगली जनावर मृग समाती सोही अधिकारी टोलमा काटिएको छ भन्ने गोप्य सुचनाक आधारमाा प्रहरी अधिकृत सहितको टोली खटि जाँदा राजेन्द्र अधीकारी र राम कुमार अधिकारी उल्लेखित मोटरसाइकल चढेर भागी फरार भएको थिए । उक्त घटनामा संलग्न पञ्चकन्या गा.पा वडा नं.०५ बस्ने बर्ष ३३ को राम अधिकारी र शिबपुरी गा.पा वडा नं.०७ बस्ने बर्ष २५ को प्रबेश गुणीलाई पक्राउ गरिएको हो । उनिहरुलाई आवश्यक प्रमाण सहित डिभिजन बन कार्यालय नुवाकोटलाई बुझाईएकोमा नुवाकोट जिल्ला अदालतबाट थप अनुसन्धानको लागी १५ दिन को म्याद थप गरिएको छ ।