चैत २४, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध नागार्जुन नगरपालिका ३ सक्रिय रुपमा लागेको छ । आफ्नो वडाबासीलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित बनाउनका लागि वडा अध्यक्ष प्रेमलाल श्रेष्ठ दिनरात वडामा खटिदैं आउनु भएको छ ।

नार्गजुन नगरपालिका वडा नं. ३ मा सचेतना तथा सतर्कता कार्यक्रमहरुः अन्र्तगत सरकारद्धारा आब्हान गरिएको लक डाउन कार्यक्रमलाई आफ्नो वडामा प्रभावकारी ढंगबाट कार्यान्वयन गरी निरन्तर अनुगमन कार्य गरेको छ । यस्तै कोरोना भाइरस (कोभिड १९) विरुद्ध विभिन्न टोल टोलमा तथा वडा अन्तर्गतका क्षेत्रहरुमा माइकिङ्ग कार्यक्रम संचालन गरेको छ ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार ३ नं. वडा अन्तर्गतका मुल सडक तथा केहि भित्री सडकहरुमा समेत Disinfectant Solution छर्कने कार्य गरेको छ भने आवश्यकीय क्षेत्र तथा ब्यक्तिहरुलाई माक्स, सावुन तथा स्यानिटाइजर वितरण गरिएको छ ।

वडा अध्यक्ष श्रैष्ठ भन्नुहुन्छ ”जनताको घर घरमा हामी नै आउछौं तपाइहरु लकडाउनमा घर भित्र नै बसेर कोरोना भाइरस विरुद्धको लडाँइमा हाम्रो साथ दिनुहोस ।” उँहाका अनुसार लक डाउन अवधिभर बिहान, बेलुका हिडडुल गर्ने आउने व्यक्तिहरुलाई प्रतिवन्ध गरेको छ । वडा भित्र रहनुभएका समाजसेवी, नेता तथा सर्वदलिय प्रतिनिधिहरुको सल्लाह र सुझाव संकलन गरी आवश्यक परेका व्यक्ति, मजदुर तथा न्युन आयस्तर भएका व्यक्तिहरुलाई तत्काल राहत वितरण कार्यक्रम गर्ने कार्य विधिका विषयमा जानकारी तथा छलफल गरिरहेको छ ।

यस्तै राहत वितरण कार्यक्रम नेपाल सरकारले वनाएको कार्यविधिलाई अवलम्वन गर्दै नगरपालिकाद्धारा निर्देशन र निर्णय गरिए अनुरुपको राहत वितरण कार्यक्रम संचालन गरिएको छ ।