• २०८३ बैशाख ५ गते शनिवार

आजको मौसम : तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा भने मौसम समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हुस्सु-कुहिरोका कारण तराईको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस