• २०८३ मङ्सिर १ गते सोमवार

रोङ गाा.पा ६ मा राहात वितरण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, इलाम । रोङ गाउपालिकाको कार्यपालिकाले “कोरोना भाइरस प्रभावित राहत बितरण कार्यबिधी -२०७६” पास गरि सोको मापदण्डमा रहि वडाको वडा अध्यक्ष संयोजक रहेको बिपद ब्यवस्थापन समिति गठन गरेको छ । मापदण्ड अनुसार अतिबिपन्न, बिपन्न, सामान्य, मध्यम र सम्पन्न गरि पाच बर्गमा बर्गीकरण गरिएको छ ।

तथ्यांक सर्बे गर्दा ११०१ घरधुरिमा ११४ घरधुरी अतिबिपन्न परिवार रहेको हुनाले हाललाई १० दिन सम्म खानपुग्ने योजना सहित प्रतिब्यक्ती चामल-५ केजि, प्रतिपरिवार तेल -१ लिटर, नुन-१ केजि र एउटा साबुन कार्यबिधी अनुसार र गृहमन्त्रालयको मापदण्डमा रहि एकदुवार प्रणालीमा रहि बितरण गर्ने योजना रहेको गाउपालिका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष मनि कुमार स्याङ्वोले जानकारी दिनुभयो । उहाले यो दुखको घडीमा राहत सङ्कलन र बितरणमा सहयोग गर्नहुने सम्पुर्ण इच्छुक दाता महानुभाबहरुमा अनुरोध समेत गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस