चैत ७, काठमाडौं । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू बिजेश्व रीबाट ५ जुवाडे पक्राउ परेका छन् । बिहीबार साँझ बिजेश्वरी स्थित सरोज लामाको घरमा जुवातास खेलिरहेका ४३ वर्षीय सम्पुर्ण बुद्धाचार्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नगद १ लाख ५३ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।