• २०८३ बैशाख १७ गते बिहिवार

सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं ।  नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । एक जना १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न उनको नाममा आज काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक जना १७ वर्षीया बालिकाले मंगलबार लामिछानेले गौशालाको एक होटमा लगि आफूलाई बलात्कार गरेको भन्ने उजुरी प्रहरी बृत्त गौशालामा दिएकी थिइन् ।

ती बालिकाको जाहेरीको आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस