फागुन १७, सुनवल । नेपाल रेडक्रश उपशाखा सुनवलको महिला उपशाखा समितिको बैठक सुनवलमा सम्पन भएकोे छ । नेपाल रेडक्रश सुनवलका सभापति गोपाल प्रसाद शर्माको प्रमुख आतित्यता भएको कार्यक्रममा दर्पण पोष्टका अध्यक्ष विमल भट्टराई को विषेश उपस्थिति र विभिन्न आमा समुहहरुको आथित्यता रहेको थियो ।

नेपाल रेडक्रश उपशाखा सुनवलले मंसिर २७ गते बसेको बैठकमा गरिएको निर्णयको आधारमा नेपाल रेडक्रश उपशाखाको आयोजनामा विउपुजिँ वितरण गर्न आवश्यक रकम जिल्ला शाखावाट माग गरि निवेदन अनुसारको आमा समुहहरुलाई जिल्ला शाखा सग अनुरोध गरि रकम प्राप्त भए पछि माग अनुसार संंयोजक र आमा समुहको जिम्मेवारीमा रकम वितावरण गर्ने निर्णय गरेको छ ।