• २०८३ बैशाख ११ गते शुक्रवार

गाली बेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटाले हाले जिल्ला अदालतमा मुद्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन । जिल्ला अदालत काठमाडौंमा आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै पूर्व मन्त्री बास्कोटा उजुरी लिएर अदालत पुगेका हुन ।

पूर्व मन्त्री बास्कोटाले अदालतमा उजुरी दर्ता गरेपछि आफ्नो टुय्टरमा लेखेका छन । ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

Sharing

प्रतिक्रिया दिनुहोस