जेष्ठ १८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाभाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६६ हजार ५८७ जना पुगेको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको परीक्षण गरिएको छ । यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा छ हजार ८९८ कोरोनामुक्त भएका छन । योसगैं कोरोना मुक्त हुनेको संख्या चार लाख ५४ हजार ३४४ कोरोना निको भएका छन । हाल एक लाख चार हजार ७८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाकाट ६८ जनाको मृत्यु भएको छ । योसगैं कोरोना बाट मृत्यु हुनेको संख्या सात हजार ४५४ पुगेको छ ।