• २०८३ मङ्सिर ९ गते मङ्गलवार

पाकिस्तान ए ले नेपाललाई दियो १६९ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौँ । पाकिस्तान ए ले एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गतको खेलमा नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले ४२ ओभरमा अल आउट हुदै १६९ रनको लक्ष्य दिएको हो ।

पाकिस्तान ए का लागि नोहैल नाजिरले अविजित ६४ रन बनाएका थिए भने हसन नवाजले २८ रन बनाए । त्यस्तै नेपालका बलर रशिद खानले ५ विकेट लिए भने अभिशेष गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस