असार १९, बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-६ शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाशलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रैदाशले ती बालिकालाई विवाह गर्ने बहाना बनाई ललाई फकाई साथमा लगि आफ्नै कोठामा २ दिन सम्म राखी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।