मंसिर २, काठमाडौँ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज उद्घाटन मन्तव्यको क्रममा बोल्दै अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’ आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याए । उनले भने, ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुनबेला के गर्छ भर छैन ।’ ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताए ।
राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले बेलाबेला अदालतलबाट संसद सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरे ।उनले भने, ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौं । अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधि सभा संबैधानिक होइन जस्तो गरेको छ । कुनै फैसला गर्दैन ।’