• २०८३ मङ्सिर ३ गते बुधवार

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेन सँग भारत भ्रमणमा दुईजना मन्त्री मात्रै जाने भएका छन् । ६ र ७ मंसिरमा हुने प्रधानमन्त्री शाहको भारत भ्रमणमा सुरुमा चारजना मन्त्री सहभागी हुने तय भएको थियो । तर बुधबार दुई मन्त्रीको नाम काटिएको हो ।

सुरुमा प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल भारत जाने चर्चा थियो । तर, अब परराष्ट्रमन्त्री खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ मात्रै भ्रमणमा सहभागी हुन तय भएको स्रोतले जनाएको छ ।

भारतसँग हवाई रुट र जलविद्युतमा महत्वपूर्ण सम्झौता हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस