• २०८३ कार्तिक २५ गते मङ्गलवार

नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्व सम्मानित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाडौं । नेपाल सम्वत् ११४७ को अवसरमा नेपाल भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया भिंतुना र्याली व ज्याझ्‌वलय् हनेगु खँय्‌’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा हितकर वीर सिंह कसाः, तुलसी नारायण खमु श्रेष्ठ, प्रा. दिनेश राज पन्त, प्रा. डा. चुन्दा बज्राचार्य, राजु शाक्य, अमृत नारायण मानन्धर, कुमार रञ्जित, प्रा. डा. अमिता प्रधान शाक्य र पुरुषोत्तम महर्जनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपाल सम्वत् नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपाल भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस