• २०८३ बैशाख ९ गते बुधवार

बुढासुब्बा गोल्डकपको उपाधिका लागि एनआरटी र चर्च ब्वाइजले खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । भारतको यूकेएफसीलाई हराउँदै न्युरोड टिम (एनआरटी) क्लब बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । धरान रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा एनआरटीले यूकेएफसीलाई ३–१ गोलले हरायो ।

एनआरटीका प्रदीप बुढाथोकीले २ र शिशिर लेखीले १ गोल गरे । यूकेएफसीका हेमराज भुजेलले गोल गरे । अब एनआरटीले उपाधिका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा भुटानको आरटीसी क्लबलाई ७–० गोलले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि शनिवार हुनेछ ।

२५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस