• २०८३ कार्तिक २५ गते मङ्गलवार

एनपीएल : सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत अहिले सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायो ।

जसमा ब्रेन्डम म्याकुलमले ३३,थरिन्द रतनायिकेले २७ रन बनाए । जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम र हर्मित सिंहको कप्तानीमा जनकपुर मैदान उत्रनेछ ।

प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न दुबै टोलीलाई यो खेल महत्त्वपूर्ण छ ।

पाँच खेबाट ६ अंकसहित सुदूरपश्चिम तेस्रो र समान ५ खेलबाटै ४ अंकमात्रै जोडेको जनकपुर पाचौं स्थानमा रहेको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस