• २०८३ कार्तिक १९ गते बुधवार

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनाेजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएकाे छ । यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने गरेकामा आज गृहमन्त्री गुरुङले नै लगाइदिनुभएकाे हाे ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीकाे ३४औँ महानिरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

सरकारले दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै केसीलाई आईजीपी बनाएकाे हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस