• २०८३ कार्तिक १८ गते मङ्गलवार

किर्ते मुद्दामा ३ कर्मचारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारी लिखतसम्बन्धी कसूरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं रहेका छन्। उनीहरूलाई जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो।

अभियुक्तहरूलाई फेदीखोला–४ निवासी प्रयासी गुरुङको सरकारी अभिलेखमा किर्ते गरी लिखतसम्बन्धी कसूर गरेको आरोप लागेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी प्रयासी गुरुङ समेत भएको लिखतसम्बन्धी कसूर (किर्ते गर्न नहुने) मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस