• २०८३ कार्तिक १८ गते मङ्गलवार

एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७,  काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ ।

जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे । पोखराका विपिन खत्रीले १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो । जसमा चमिका करूणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४ रन बनाए ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ विकेट लिए । यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो ।

Sharing

प्रतिक्रिया दिनुहोस