• २०८३ कार्तिक १८ गते मङ्गलवार

लोकेश बम,आन्द्रेइ रसेल र इमरान शेखको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको हो । विराटनगरका लागि ओपनर लोकेश बम ,आन्द्रेइ रसेल र इमरान शेखले अर्धशतक पूरा गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस