• २०८३ जेष्ठ २३ गते शनिवार

पुलिस क्लबले एपीएफलाई दियो ३५६ रनको विशाल लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाली पुलिस क्लबले एपीएफ क्लबलाई ३५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको हो ।

पुलिस क्लबका लागि शंकर रानाले सर्बाधिक ६१ रन बनाएका थिए भने दिनेश खरेलले ६०, दिलसाद अलीले ५१, आरिफ सेखले ५०, रशिद खानले ४४, अमित श्रेष्ठले ३९ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अमर राउतेलाले २-२ विकेट लिएका थिए ।

त्यस्तै जारी अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बागमतीले इशान पाण्डेको ७१, आशुतोष घिराइयाको ५९ र शुभ कंसाकारको ४४ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २९४ रन बनएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस