• २०८३ कार्तिक १७ गते सोमवार

यस्तो छ,आजका लागि विदेशी मुद्राको विनिमयदरv

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५१ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस