• २०८३ असोज ३० गते शुक्रवार

घण्टाघरमा माेटरसाइकल दुर्घटना, चालककाे मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । काठमाडाैंकाे घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् । मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाईते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस