कार्तिक १६, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६२२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
थप २८ सय २४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ जना पुगेको छ । मन्त्रालयका अनुसार आज ३६२०जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९ सय ६० जना पुगेको छ ।