• २०८३ कार्तिक १४ गते शुक्रवार

दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । नेपाल प्रहरीले विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ । पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालय मीनभवनबाटै प्रहरीले पक्राउ गरेको, मोटिभेट न्यूजका पत्रकार शोभराज बरालपनि पक्राउ गरेको साथै नयाँ पत्रिका र दियोपोष्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्टि गरे ।

सादा पोसाकमा आएका प्रहरीले सुवेदी र बराललाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । साथै दियोपोष्ट र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका केही व्यक्तिहरु प्रवेश गरेको जानकारी दिए ।

कुनै पक्राउ पूर्जीबिना समाचार कक्षमा प्रवेश गरेर पक्राउका विरुद्ध सडक आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए ।

यता, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरोमा समाचारका विषयमा छलफल गर्न भन्दै बोलाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस