• २०८३ कार्तिक २ गते आइतवार

भरुवा बन्दुकसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २,सुनसरी। सुनसरीमा भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका–५, सिमरवनस्थित जनजागृति सामुदायिक वनको पोखरीनजिकबाट तीनथान भरुवा बन्दुकसहित बराहक्षेत्र नगरपालिका–५, सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र बराहक्षेत्र–३, देवीथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।

जनजागृति सामुदायिक वनको पोखरीनजिकै भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको अवस्थामा उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस