• २०८३ कार्तिक १३ गते बिहिवार

एनपीएल : आज दुई खेल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ ।

यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो। जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन्। यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस